नेकपा एमालेकाे १० औ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेकाले उनीहरू निर्विराेध निर्वाचित भएका हुन् ।
महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यालयले भने औपचारिक रूपमा निर्वाचित भएको घोषणा भने गरेको छैन ।अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै उपाध्यक्षमा घनश्याम भूसाल र सचिवमा भीम आचार्य तथा टंक कार्कीको पनि उम्मेदवारी परेको छ ।सहमतिमा नेतृत्व चयन गर्न असफल भएपछि सुषुप्त रुपमा रहेको तीनवटा पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका नेताहरूले पार्टीभित्र कुनै गुटबन्दी नभएको दाबी गरिरहे पनि अध्यक्ष केपी शर्मा ओली पक्षधर, असन्तुष्ट १० नेता पक्षधर र पूर्वमाओवादी पक्षधरबीच निर्वाचन हुने प्रष्ट देखिएको छ ।