नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनकाे मिति नजिकिँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रुपान्तरणका १० सुत्र सार्वजनिक गरेका छन् ।
आइतबार बत्तीसपुतलीस्थित एक होटलमा आयोजित कार्यक्रममाए सभापतिका आकांक्षी पाैडेलले ‘कांग्रेसको अबको बाटो : रुपान्तरणका १० सुत्र’ पुस्तिका सार्वजनिक गरेका हुन् । पौडेलले कांग्रेसको आगामी कार्यदिशाबारे आफ्नो अवधारणा पत्र सार्वजनिक गरेका हुन् ।
पुस्तक सार्वजनिक गर्दै नेता पौडेलले समझदारीमै सभापतिको उम्मेदवार तय हुने दावी गर्दै त्यसका लागि सभापतिका आकांक्षीहरुबीच छलफल भइरहेको बताए । एक–दुई दिनमै सहमतिमै उम्मेदवार टुंग्याउँने उनले बताए । तर, पौडेल समूहबाट सभापतिमा चार आकांक्षी हुँदा सहमतिको सम्भावना न्यून बन्दै गएको छ ।
नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला साे पक्षका सभापतिका आकांक्षी हुन् । पाैडेल समूहका नेताहरूकाे अडान र वर्तमान सभापति शेरबहादुर देउवाकाे विकल्पकाे खाेजि हुन थालेकाले हालका उपसभापति विमलेन्द्र निधि नै सभापतिकाे सबै भन्दा उत्तम उम्मेदवार देखा परेका छन् ।
कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ ।