नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्र कुमार श्रेष्ठ विजयी भएका छन्।
श्रेष्ठले ६६५ मत पाएका छन् भने उनका प्रतिस्पर्धी रामकृष्ण चित्रकारले ६५३ मत पाएका छन्। शनिबार भएको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आइतबार दोस्रो चरणको चुनाव भएको थियो।
दोस्रो चरणको निर्वाचनमा पहिलो चरणमा तेस्रो भएका मीनकृष्ण महर्जनले चित्रकारलाई समर्थन गरेको भए पनि श्रेष्ठ विजयी भएका हुन्।