नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले पदबाट राजीनामा दिएका छन्।
स्वास्थ्यको कारण देखाउँदै संयोजक यादवले दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको नेपाली कांग्रेसले जनाएको छ।
यावदको राजीनामा स्वीकृत गरेपछि सभापति देउवाले केन्द्रीय निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई संयोजक पदमा मनोनयन गरेका छन्। घिमिरे यसअघि निर्वाचन समितिका सदस्य थिए।
डडेल्धुरा कांग्रेसको विषयमा निर्वाचन समितिमा यसअघि बिबाद भएपछि यादबले राजीनामा दिएको भए पनि पछि फिर्ता गरेका थिए।
कांग्रेसको डडेल्धुरा जिल्ला अधिवेशनलाई मान्यता दिन नहुने भन्दै जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा छन्।
कांग्रेसको १४औं महाधिवेशन मंसिर २४–२५ सम्म काठमाडौंमा हुँदैछ।