नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमालेको दसौं महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् ।
हाल जारी एमालेको महाधिवेशनलाई ‘कुम्भमेला’ संज्ञा दिँदै माओवादी सम्मेलन त्योभन्दा फरक हुने दाबी गरे ।पार्टीका स्थानीय तह र पार्टी शाखा समितिका सम्मेलन उद्घाटन समारोहलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले इतिहासको नयाँ संश्लेषण गर्ने गरी आफूले राष्ट्रिय सम्मेलनका लागि दस्तावेज लेखिरहेको बताए ।
पालिका अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै दाहालले शनिबार पार्टीमा विचारको विकासका लागि बहस गर्नुपर्ने र संगठित संरचना चुस्त पार्नुपर्ने बताए । आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एमालेको दसौं महिधवेशनलाई शुभकामनासम्म दिन नगएका दाहालले आलोचना गरेका हुन् ।
उनले भने, ‘यस सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौं । इतिहासको नयाँ संश्लेषण गर्नेछौं । समाजवादी आन्दोलनले, समाजवाद निर्माणको प्रक्रियाले नयाँ जीवन र गति प्राप्त गने छ ।’
उनले भने, ‘अरु कोही पार्टी विचारबारे सोच्ने र बहस गर्ने स्थितिमा छैनन् । हिजो हामीले एउटा कुम्भमेला देख्यौं । त्यहाँ विचारलाई कुनै ठाउँ छैन । भ्रम दिने कोशिष मात्रै छ ।ती तथाकथित अधिवेशन र हाम्रो विचार संस्लेषणको अभियानमा कुनै तुलना हुँदैन ।’