नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिकाको सभापतिमा मनोज साह पुनः निर्वाचित भएका छन्। आइतबार सम्पन्न नगर अधिवेशनबाट साह निर्विरोध सभापति निर्वाचित भएका हुन्।
साह यसअघि पनि कांग्रेसको जनकपुर उपमहानगर सभापति थिए। साह कांग्रेस उपसभापति विमलेन्द्र निधिनिकट हुन्।
उपसभापति, सचिव र सहसचिवमा एकभन्दा बढी आकांक्षी देखिएका छन्। सबै आकांक्षीलाई मिलाएर सर्वसम्मत बनाउने प्रयास भइरहेको छ।