नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनको मतगणनाका क्रममा रुपन्देहीमा दुई पक्षबीच झडप भएको छ। झडपमा पाँच जना घाइते भएका छन्।
काँग्रेसको अधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ (क)मा मतगणना क्रममा विवाद हुँदा झडप भएको हो।सिद्धार्थनगर नगरपालिका भैरहवामा मतगणना भइरहेका बेला शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो ।
पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि केही युवाको समूहले अचानक आक्रमण गरेको थियो।झडपबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाइते भएका छन्।उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन्। उनकाे नाकको डाँडी भाँचिएको छ ।अन्य चार जना सामान्य घाइते भएका छन्। उनीहरूको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।आक्रमण भएपछि मतगणना स्थगित भएको छ ।