प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे डाकिएकाे प्रदेशसभा बैठकमा आचार्यले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यलाइ विश्वासकाे मत प्राप्त गर्न कठीन छ ।
विपक्षी गठबन्धनले प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आचार्यलाई मुख्यमन्त्रीबाट हटाएर नेकपा (एस) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेको छ ।
प्रदेश १ मा ९२ सांसद मध्ये एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना,संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एक सांसद रहेका छन् ।