नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्दैछन् ।
स्वचालित पेशी प्रणाली लागुका साथै अहिले न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध, न्यायपालिकाको सुधारको लागि न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक लगायत विषयमा प्रधानन्यायाधीशसँग राख्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।
अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन प्रधानन्यायाधीश राणालाई शुक्रबार बारले १५ दिने अल्टिमेटम दिएको थियो ।
प्रधानन्यायाधीश जबराले विकृति तथा विसंगति रोक्नको लागि विशेष पहल गर्नुपर्नेमा जोडदिँदै आएको बारले प्रधानन्यायाधीश राणालाई भेटेपछि थप धारणा बनाउने बताइएको छ । न्यायलयले कार्यपालिकामा समेत भाग खाेजेकाे भन्ने विषयकाे अहिले चाैतर्फी अालाेचना भइरहेकाे छ । पूर्वन्यायाधीशहरूकाे सञ्जालले त प्रधानन्यायाधीश राणालाइ महाअभियाेग लगाउन प्रतिनिधिसभालाइ प्रस्ताव नै गरेकाे छ ।