नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान र मुलुकको संविधानअनुसार पार्टीको हालको केन्द्रीय कार्यसमितिले वैधानिकता गुमाइसकेको भन्दै महाधिवेशन तोकिएको समयमा गर्नुको विकल्प नरहेको बताए ।
अहिले निर्वाचन आयोगको निगाहामा बाँचिरहेकाे उल्लेख गर्दै उनकाे पार्टीलाई सङ्कटबाट जोगाउन पनि एकता आवश्यक रहेकाेमा जाेडदिए । लोकतन्त्र र राष्ट्रलाई सङ्कटबाट बचाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा पाैडेलकाे जाेड थियाे ।
कञ्चनपुरको बेलौरीमा आज नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले बाढी र पहिराबाट पीडितलाई सहानुभूति व्यक्त गरे । उनले पीडित नागरिकलाई राहत पुग्ने गरी प्याकेज ल्याउन सरकारको ध्यानार्कषण गराए ।उनले दक्षिण क्षेत्रमा बाढी र डुबानले परेको क्षतिको स्थलगत अनुगमनसमेत गरेका थिए ।
बेलौरीमा कार्यकर्ता भेटघाट पनि नेता पौडेलले भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रमा बाढीले गरेको कटानको समेत स्थलगत निरीक्षण गरेका थिए ।