पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि उनी उपचारका लागि शुक्रबार वीर अस्पताल भर्ना भएका हुन् । उच्च ज्वरोको कारण केही दिनदेखि घरमै आराम गरिरहेका भट्टराईको ज्वरो कम नभएपछि अस्पताल भर्ना भएको स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिए ।
चिकित्सकको सल्लाह अनुसार भट्टराईलाई सात दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको पनि गुरागाईले जानकारी दिए ।तीन दिनदेखि भट्टराई घरमै आराम गरिरहेका थिए ।