नेकपा एमालेले पार्टीको १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरमा तय महाधिवेशनको स्थान चितवन तोकेको हो ।यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।
स्थायी कमिटी सदस्य विष्णु रिमालले बिहीबारको स्थायी कमिटी बैठकबाट महाधिवेशन मूल व्यवस्थापन सिमिति ३१ सदस्यीय बनाइएको जानकारी पनि दिएका छन् ।एमाले महाधिवेशन १०–१२ मंसिरमा हुँदै छ ।