भारतीय जनता पार्टिको निमन्त्रणामा ४ दिने औपचारिक भारत भ्रमणमा रहेको नेपाली काङ्ग्रेसको प्रतिनिधि मण्डलले अन्तिम कार्यक्रम बनारसमा सकेर आज स्वदेश फर्किएको छ।
नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महत को नेतृत्वमा केन्द्रिय सदस्य अजय चौरासिया र युवा नेता उदय शमशेर राणा सदस्य रहेको प्रतिनिधि मण्डल आज स्वदेश फर्किएको हो।
भारतमा बिदेसमन्त्री एस. जयशन्कर, भाजपा अध्यक्ष जेपि नड्डा, उत्तर प्रदेशका मुख्यमन्त्री श्री योगि आदित्यनाथ जि लगायत उच्च नेतृत्व सङ्ग भेटघाट गरि बनारस पुगेको थियो। बनारसमा भाजपा र अखिल भारतिय विद्यार्थी परिषद का नेता हरुले प्रतिनिधि मण्डल लाई स्वागत गरेका थिए।