नेपाली कांग्रेस रामेछाप जिल्ला सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन्।
पहिलो चरणको मतदानमा सभापतिका कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि सोमबार दोस्रो चरणको मतदान गर्न लागिएको थियो।
तर दोस्रो चरणको निर्वाचनअघि नै निकटतम् प्रतिस्पर्धी लवश्री न्यौपानेले समर्थन जनाएपछि तामाङ निर्विरोध निर्वाचित भएका हुन्।
पहिलो चरणको निर्वाचनमा सभापतिमा संस्थापन पक्षका पूर्णबहादुर तामाङ ’कान्छाराम’ ले ६ सय ६८, इतर समूहका लवश्री न्यौपानेले ३ सय ५६ र कृष्णबहादुर महतले ३ सय २८ मत ल्याएका थिए।