Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, August 12, 2022 | शुक्रबार, साउन २७, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
तनाव र विषमपूर्ण परिस्थितिले गाँजेको विश्वलाई परास्त गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प छैन : नेपाल
रासस
रासस काठमाडौं, १२ असाेज
तनाव र विषमपूर्ण परिस्थितिले गाँजेको विश्वलाई परास्त गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प छैन : नेपाल

 

नेपालले महामारी, आतङ्वाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ ।
 
‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालले जातीय बहुलसमाजहरूमा द्वन्द्वका जोखिम एवं तनाव अन्त्य गर्ने उत्तम औषधि लोकतन्त्र र वहुपक्षवाद भएका बताएको हो ।
 
बहुपक्षवादको अपरिहार्यतामा नेपालको अटल विश्वास रहेको र त्यसको केन्द्रमा संयुक्त राष्ट्रसङ्घ रहेको बताउँदै परराष्ट्रमन्त्री डा नारायण खड्काले विश्वमा समझदारी र सहयोग बढाउन, विश्ववासीको साझा भविष्य सुनिश्चित गर्न तथा साझा हित प्रवद्र्धन बहुपक्षवादबाटै हुने धारणा व्यक्त गरे । सङ्कटलाई अवसरमा, निराशालाई आशामा र जोखिमलाई प्रतिकारमा रुपान्तरण गर्नुपर्ने बेला आएको बताउँदै उनले सहयोग, एकता र आपसी विश्वासको धरातलमा सुदृढ, समावेशी र परस्पर सम्बद्ध बहुपक्षीय प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए ।
 
“हामीले सेवा गर्ने जनता र बस्ने पृथ्वीका लागि हामीले हाम्रो कर्तव्य गर्नैपर्छ”, नयाँ शिराबाट विश्वका नेताहरूले यो धर्ती र यसका बासिन्दाका खातिर आफ्नो कर्तव्यबाट विमुख नभई काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री खड्काले भने । नेपालको विश्वदर्शन ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ सिद्धान्तअनुसार बनेको, राष्ट्रसङ्घको वडापत्रका उद्देश्य र सिद्धात, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यता नै नेपालको परराष्ट्र नीतिका आधार भएका उनले भने ।
 
त्रिसट्ठी वर्षभन्दा लामो समयदेखि नेपालले शान्ति, सुरक्षा र स्थिरतालाई बढावा दिन संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनाको कार्यमा निरन्तर योगदान दिइरहेको तथा सबैभन्दा ठूलो सङ्ख्यामा सेना योगदान गर्ने देशहरुमध्येको नेपाललगायत देशलाई राष्ट्रसङ्घीय प्रधानकार्यालय र कार्यक्षेत्रमा उच्च तहमा समावेश गराउनुपर्ने नेपालको पुरानो माग उनले अघि सारे ।
 
“अल्पविकसित एवं भूपरिवेष्टित देशको रूपमा नेपालको विकासका संरचनात्मक चुनौती अद्वितीय छन् । सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने हाम्रो योजनालाई अवसरका रुपमा लिएर त्यसनिम्ति संरचनात्मक रुपान्तरण गर्न तथा लामो समयदेखिको त्यो राष्ट्रिय आकाङ्क्षालाई सहज, दिगो र अपरिवर्तनीय बनाउन प्रतिबद्ध छौँ”, परराष्ट्रमन्त्रीले भने। हरितगृह ग्यास उत्सर्जनमा नेपालको नगण्य हिस्सा रहे पनि जलवायु परिवर्तनको चपेटामा आफ्नो मुलुक पनि परेको वास्तविकता सुनाउँदै उनले सन् २०३० सम्ममा उत्थानशील जलवायु विकास पथ र सन् २०५० सम्ममा शून्य उत्सर्जनका लागि नेपालको प्रतिबद्धता दोहो¥याए ।
 
अल्पविकसित र भूपरिवेष्टित विकासशील देशहरूलाई भूमण्डलीकरणबाट लाभान्वित गराउन उनीहरूका संरचनात्मक अवरोध हटाउँदै भरपर्दो र दिगो वित्तीय सहायता, साझेदारी र प्रविधि हस्तान्तरण आवश्यक भएको बताउँदै उनले जारी सङ्कटलाई बहाना बनाएर बाह्य विकास सहायताको प्रतिबद्धताबाट पछि हट्न नहुनेमा जोड दिए । विश्व व्यापार सङ्गठन विधिमा आधारित अन्तर्राष्ट्रिय व्यापार सङ्गठनमात्र नभएर विकासशील देशहरुलाई अन्तर्राष्ट्रियतहबाटै व्यापारका निम्ति अधिक सहयोगका साथै प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिमा सहायता गर्ने निकाय हुनुपर्ने तर्क मन्त्री खड्काले गरे ।
 
आप्रवासन समस्या जटिल बन्दै गएको सन्दर्भ सुनउँदै उनले “हामी सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि ‘ग्लोबल कम्प्याक्ट’को प्रभावकारी कार्यान्वयन आह्वान गर्दछौँ र आप्रवासी कामदारहरूको सुरक्षा र हितका निम्ति अझ बलियो अन्तर्राष्ट्रिय व्यवस्थामा जोड दिन्छौँ”, भने । अतिकम आय भएका देशहरूमा खोप असमानताको गहिरो प्रतिकूल सामाजिक–आर्थिक प्रभाव परेको, खोपलाई जनताको जीवनको हितका लागि सार्वजनिक सामग्रीका रुपमा घोषणा गरिनुपर्नेमा जोड दिँदै परराष्ट्रमन्त्रीले सङकटको समयमा आशालाई पुनर्जागृत गर्न जरुरी भएको बताए ।
 
उनले भने, “कोभिड–१९ बाट उत्पन्न चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसहित संयुक्त राष्ट्रसङ्घीय प्रणालीलगायत र सबैलाई, सबै ठाउँमा खोपको न्यायोचित र न्यायोचित पहुँच सुनिश्चित गर्न भएका प्रयासहरूको नेपाल सराहना गर्दछ ।” मानव जीवन पहिलो प्राथमिकता हुनुपर्ने, कोभिड–१९ खोप प्राप्ति र पहुँचका बाधा र चुनौतीलाई चिर्दै नेपालले आफ्नो कूल जनसङ्ख्याको झण्डै २० प्रतिशतमा खोप लगाउन सफल भएको जानकारी दिँदै उनले आतङ्कवादका सबै रूप र प्रकटिकरणको निन्दा गरे । उनले समयबद्ध ढङ्गले आम विनाशका सबै हतियारको पूर्ण निःशस्त्रीकरणको आह्वान पनि गरे ।
 
परराष्ट्रमन्त्रीले अफगानिस्तान, म्यान्मा, लिबिया, सिरिया, यमन र मध्यपूर्वको स्थितिबारे चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा, र स्थिरताका साथै जनताको मौलिक अधिकार र स्वतन्त्रता सुनिश्चित गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरे। मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा जोड दिँदै मन्त्री खड्काले महामारीका कारण दिगो विकासका लक्ष्य हासिल नेपालको प्रयासमा जटिलता थपिएको यथार्थ पनि सुनाए । उत्थानशील पुनःप्राप्तिका निम्ति प्रयास भइरहेको र अझ असल एवं सबल निर्माणमा अग्रसर हुँदै दिगो विकासका लक्ष्य प्राप्ति नै नेपालको एकमात्र उद्देश्य भएको उनले भने।
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८, १२:३४:००
रासस
रासस @spacekhabar null
लेखकबाट थप
  • सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ?
  • कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार
  • चराले सफा गर्ने निस्कोट 'बराह ताल'
  • ‘किसानलाई मल, विद्यार्थीलाई पुस्तक र पीडितलाई न्याय खोइ ?’
  • सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
  • झापा सुपर लिग क्रिकेट : धुलाबारी र काँकडभिट्टा विजयी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा  निर्वाचन परिचालन कमिटी गठन
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
एउटै चुनाव चिह्नमा लडाैं  भन्ने  बाबुरामकाे प्रस्तावमा प्रचण्डले के भने?
एउटै चुनाव चिह्नमा लडाैं भन्ने बाबुरामकाे प्रस्तावमा प्रचण्डले के भने?
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले किन गरिन् अलमल?
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले किन गरिन् अलमल?
  • ताजा समाचार
  • ट्रेण्डिङ
आज गाईजात्रा पर्व मनाइँदै
आज गाईजात्रा पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा  निर्वाचन परिचालन कमिटी गठन
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन 1
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन
कांग्रेस नेता निधिले भेटे शरद पवार र मन्त्री चौधरीसँग 2
कांग्रेस नेता निधिले भेटे शरद पवार र मन्त्री चौधरीसँग
कांग्रेस नेता निधि  र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटघाट 3
कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटघाट
काठमाडौँका सडकमा फोहरको डङ्गुर 4
काठमाडौँका सडकमा फोहरको डङ्गुर
सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै चुनौती 5
सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै चुनौती
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP