कांग्रेसले काठमाडौंमा असोज ५ मै वडा अधिवेशन गर्ने भएको छ ।शुक्रबार क्षेत्रीय सभापतिहरुसँग गरिएकाे छलफल अनुसार असाेज ५ मै वडा अघिवेशन गर्ने सहमति जुटाएको हाे । शनिबारसम्म मतदान अधिकृतहरुको टुंगो लगाउने बताइएकाे छ।
कांग्रेसले १८ भदौमै वडा अधिवेशनको मिति तोकेको थियो । तर, क्रियाशील सदस्यताको टुंगो नलागेका कारण त्यस्ता जिल्लामा वडा अधिवेशनको मिति ५ असोजका लागि तोकिएको छ ।काठमाडौंमा करिब २० हजार क्रियाशील सदस्य छन् । वडा अधिवेशनमा क्रियाशील सदस्य नै मतदाता हुन्छन् । अझै पनि १३ जिल्लाको क्रियाशील सदस्यताको विषयमा भने टुंगिएको छैन ।