नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बिगतको कमिकमजोरीलाई दोहरिन नदिने गरी पार्टी अघि बढ्ने बताएका छन् ।
शुक्रबार काठमाडौंको तीनकुनेस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्दै बिगतको कमिकमजोरीलाई दोहरिन नदिने गरी अघि बढ्ने बताएका हुन् ।
उनले नेता र पार्टीका साथै राजनीतिमा देखिएका बिकृतिका बिरुद्ध उभिने प्रण गरे । नेता नेपालले अहिले कुनै पार्टीसंग एकता हुन नसक्ने भन्दै चूनावमा भने तालमेल हुने धारणा राखे । चूनावसम्म मात्र नभएर लामो समयसमम्म गठबन्धन दलबीच सहकार्य हुने उनको भनाई थियो ।
त्यस्तै अध्यक्ष नेपालले सर्वोच्चले नै दलको ह्वीप नलाग्ने भन्दाभन्दै आफ्ना सांसदलाई कारवाही हुनुपर्छ भन्ने कुराको अर्थ नरहने जिकिर गरे । उनले एमाले अध्यक्ष केपी ओलीले गुटबन्दी गरेको र पार्टीमा एकलौटी गर्न खोजेको भन्दै व्यक्तिबादमा डुवेको व्यक्तिले नियमको कुरा गर्न नसुहाउने तर्क गरे। अदालतमा रहेको बिषयलाई सदनमा बिरोध गरेर एमालेले कानूनको उलंघन गरेको उनले बताए ।
नेकपा एमालेसंग छुटिटएर बनेको नेकपा एकीकृत समाजवादीले शुक्रबारबाटै कार्यालयबाट नियमित काम सुरु गरेको छ ।