लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आफूलाई अपहरण तथा शरीर बन्धक बनाएको भन्दै पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रहरीमा निवेदन दिएकी छन् ।
साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री भएका बेला दाङबाट ल्याएर बन्धक बनाएको आरोपसहित सांसद वलीले इलाका प्रहरी कार्यालय बुटवलमा सोमबार निवेदन दिएकी हुन् । बुटवल प्रहरीले घटनास्थल दाङ भएकोले त्यहींबाट निवेदनको प्रक्रिया अगाडि बढाउने बताएको छ ।
निवेदनमा तत्कालीन मुख्यमन्त्री पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, तत्कालीन मुख्यमन्त्रीको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई कानुनअनुसार कारबाहीको माग गरिएको छ ।