सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तय भएको छ ।
बैठकमा नियमावली र निर्वाचन निर्देशिकाबारेमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए। साथै संसदमा भइरहेको अवरोध र मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल हुने जनाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १४ सांसदलाई कारबाही गरेको सूचना सभामुख अग्नि सापकोटाले टाँस नगरेको भन्दै संसद अवरोध गरिरहेको छ ।