मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्ता गठबन्धन दलहरू छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा अहिले बसेकाे सत्तारुढ गठबन्धनको बैठकमा समसामयिक राजनैतिक घटनाक्रम र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भइरहेकाे छ । बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको सहभागिता रहेकाे छ ।
यसअघि शुक्रवार बसेको बैठकमा प्रधानमन्त्री देउवाले आ–आफ्नो पार्टीमा छलफल गरेर छिटो मन्त्रीहरूको नामावली दिन सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । मन्त्रिपरिषद् विस्तार अलमल हुँदा प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ ।