बुधबार मात्रै निर्वाचन आयोगमा दर्ता गरिएको नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव नेपालको कोटाबाट सरकारले वाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ। केपी ओली नेतृत्वको सरकारले विष्णु प्रसाईंलाई बागमती प्रदेशको प्रमुखमा नियुक्त गरेको थियो।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको हो। राष्ट्रपतिबाट नियुक्त गरी शपथ ग्रहण भएसँगै शर्माले वागमती प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने छन्।
नेकपा एमालेको विदेश विभागका पूर्वसचिव शर्माले लामो समय नेता नेपालको सचिवालयमा रहेर काम गरेका थिए।
वाग्मती प्रदेशमा बुधबार मात्रै मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा एमाले अध्यक्ष केपी ओली निकट नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त भएकी थिइन्।
सरकारले यसअघि लुम्बिनी, गण्डकी र प्रदेश २ मा पनि प्रदेश प्रमुखको हेरफेर गरेको थियो । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमानसिंह गुरुङ र प्रदेश २ मा हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेको छ ।