लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बिहीबार नै मन्त्रिपरिषद विस्तार गेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरुलाइ समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन्। चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन्।