नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने बताएका छन्।
चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफुहरुले त्यो रिस्क मोल्न नचाहेको पनि बताए। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो समूह छिटै सरकारमा सहभागी हुने स्पष्ट पारे।
एमालेलाई सग्लो राख्ने हो भने एमाले र केपी ओलीबीच कुनै प्रकारको साईनो÷सम्बन्ध राख्न नहुने उनको भनाई थियो। उनले ओलीलाई आफूहरुले करेक्सन गर्न नसकेको र रिजाईनेशन गर्ने ठाउँमा पुर्याउन नसके एउटा प्रोससमा पुग्नैपर्ने भन्दै त्यस्तो अवस्थामा पार्टी फुटाईने संकेत गरे।
उनले आफूहरुले एमाले विभाजन गरेर अघि बढ्दा धेरैले साथ दिने दाबी गरे। त्यस्तै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेमात्रै नभएर नदिने सांसदहरु पनि आफूहरुसँग आउन उनको भनाई थियो।