नेकपा माओवादी केन्द्रका पूर्व चार नेताले सांसद् पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ ।
टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद् पदमा पुनर्बहालीको माग गर्दै बुधबार दायर रिटको आज पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारवाही गरेको थियो ।
चारैजना प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । एमालेमा प्रवेश गरिसकेका उनीहरु किन फेरि पुरानै पार्टीको सांसद हुन चाहे त्यो बुझ्न सकिएको छैन । यसअघि उनीहरुले नै पार्टी अवैधानिक रहेको भन्दै खारेज गर्न निर्वाचन आयोग पुगेका थिए ।