राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।
गुरुङ र शेरचनलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी विज्ञप्तिमा उल्लेख छ।
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखका लागि गुरुङ र शेरचनलाई प्रदेश प्रमुख बनाउन सिफारिस गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार नै गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेकी छन्।