सरकारले प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले साउन २६ गतेदेखि लागु हुने गरी शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो।
प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण सेवाबाट निवृत्त हुँदै छन्।