गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शपथ लिएकाे ४२ दिनपछि बल्ल मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले ११ सदस्यीय मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट ३ जना र नेपाली कांग्रेसबाट ३ जना गरी आज ६ जना थपेका हुन् ।
माओवादी केन्द्रका रामजी बराल ‘जीवन’लाई अर्थ, बाग्लुङका चन्द्रबहादुर बुढा भूमि ब्यवस्था तथा कृषि र स्याङ्जाका दीपक चर्तीमगरलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै, नेपाली कांग्रेसका विन्दुकुमार थापालाई कानून, मणिभद्र शर्मा कण्डेललाई सञ्चार तथा प्रदेश मामिला र मेखलाल श्रेष्ठलाई समाजिक विकास मन्त्री बनाइएको छ ।
माओवादी केन्द्रकी मधु अधिकारी गुरुङलाई स्वास्थ्य, जसपाका हरिशरण आचार्यलाई ऊर्जा तथा खानेपानी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई यसअघि नै खेलकूद मन्त्री बनाइएको छ ।
मन्त्रिपरिषदको सूची
१) मुख्यमन्त्री– कृष्णचन्द्र नेपाली पोखरेल (नेपाली कांग्रेस)
२) भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात ब्यवस्था– कुमार खड्का, प्रवक्तासमेत (नेपाली कांग्रेस)
३) अर्थ– रामजी बराल (माओवादी केन्द्र)
४) ऊर्जा, जलस्रोत तथा खानेपानी– हरीशरण आचार्य (जसपा)
५) युवा तथा खेलकुद– राजीव गुरुङ (दीपक मनाङे) (स्वतन्त्र)
६) पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति– मणिभद्र शर्मा कण्डेल (नेपाली कांग्रेस)
७) शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास– मेखलाल श्रेष्ठ (नेपाली कांग्रेस)
८) स्वास्थ्य तथा जनसंख्या– मधु अधिकारी (गुरुङ) (माओवादी केन्द्र)
९) भूमि ब्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण– चन्द्रबहादुर बुढा (माओवादी केन्द्र)
१०) कानून, सञ्चार तथा प्रदेशसभा मामिला– विन्दुकुमार थापा (नेपाली कांग्रेस)
१) वन, वातावरण तथा भूसंरक्षण– दीपक चर्तीमगर (माओवादी केन्द्र)