प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएको छ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको हो।
जसपा सांसद उमाशंकर अरगरियाले देउवालाई बिश्वासको मत दिने निर्णय भएको बताएका हुन्। ‘उहाँले हाम्रो माग मुद्दा सम्बोधन गर्ने मौखिक वचन दिनुभएको छ’ अरगरियाले भने, ‘संसदमा बोल्दा पनि यसबारे भन्छु भन्नु भएकाले विश्वासको मत दिने निर्णय गरेका छौं ।’