पुनःस्थापित प्रतिनिधि सभाको आइतबार शुरु भएको पहिलो बैठक केहीबेरका लागि स्थगित गरिएको छ।
बैठकमा सभामुख अग्नी प्रसाद सापकोटले नबनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा विश्वासको मत लिने सूचना प्राप्त भएको जानकारी दिएका थिए। त्यसका लागि आजै प्रतिनिधि सभाको अर्को बैठक बस्ने जानकारी पनि उनले दिए।
अपराह्न ४ बजे बसेको बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट आएका पत्र पढेर सुनाएका थिए। त्यस्तै, मन्त्रीहरूले यसअघि सरकारले ल्याएका विभिन्न विधेयक पेश गरेका थिए।