नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।आज बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई पार्टीले विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
तुल्सीलाला स्मृति प्रतिष्ठानमा बसेको एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल अब एमालेमा नरहने मनसायमा पुगेको भन्दै पार्टीको निर्णय विपरित देउवालाई विश्वासको मत दिए एमालेमा रहन नसक्ने निर्णय गरेको हो ।
प्रवक्ता ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने विषयमा प्रश्नहरू उठेको भएपनि विपक्षमा मतदान गर्ने निर्णय गरेको समेत जानकारी दिए । देउवाले हतार हतार लिन लागेको विस्वासको मतले धेरै आशङ्का जन्माएको छ ।एमाले विभाजनलाई औपचारिकता दिन हतार–हतार विश्वासको मत लिन खोजिएको भन्दै जस्तोसुकै हालतमा देउवालाई विस्वासको मत नदिने निर्णय गरेको हो ।
१० बुँदे सहमति कार्यन्वयन गरी पार्टी एकताको रक्षाका लागि निरन्तर प्रयास गरे पनि आज कार्यदलसँगको भेटमा माधव नेपालले त्यसलाई अस्वीकार गरेको ज्ञवालीले जानकारी दिए । बैठकममा कार्यदलका सदस्यहरूले माधव नेपालसँगको छलफलको जानकारी गराएका थिए ।