प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने संसदमा बिश्वासको मत लिने भएका छन्। आज बस्ने संसदको दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने भएका हुन्।
कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो। यसअघि कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराइसकेका छन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्न आदेश दिएपछि आज पहिलो बैठक अपराह्न ४ बजे बस्दैछ। पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुने छ। दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सभामुखको सचिवालयले जनाएको छ।