वाग्मती प्रदेशको सोमबारको बैठक पनि अवरुद्ध भएको छ ।
सोमबार बसेको बैठकको सुरुवातमै प्रतिपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक अनिश्चितकालको लागि स्थगित भएको हो । सोमबार बैठक सुरु हुनेबितिकै प्रतिपक्षी दलहरुले उठेर विरोध जनाएका थिए ।
नेकपा माओवादीको संसदीय दलको नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले ल्याएको बजेट प्रदेशबासीको हितविपरीत भएको भन्दै त्यसलाई सच्याएर नल्याएसम्म संसद चल्न नदिने बताए । उनले सरकारले अपारदर्शी ढंगले बजेट ल्याएको आरोप पनि लगाए।
सभामुखले बस्नका लागि पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलले उठेर बिरोध जनाएपछि बैठक अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित गरिएको हो । सरकारले पार्टी र गुटगत रुपमा असन्तुलित बजेट ल्याएको भन्दै प्रतिपक्षी दलहरुले प्रदेशसभामा लगातार विरोध गर्दै आएका छन् ।