प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा एक जुट भएका विपक्षी गठबन्धको विचार, सिद्धान्तमा अहिले खासै बिभिन्नता देखिदैन। कुर्सीका लागि फरक फरक बिचार सिद्धान्त बोकेका दलहरु एकै ठाउँमा उभिएको देख्दा राजनीतिक यस्तै रहेछ भन्ने आमसर्वसाधारणले समेत बुझ्न थालेका छन् ।
हुन त राजनीतिमा कसैको पनि स्थायी शत्रु हुँदैन भनिन्छ ।पानी बाराबारको स्थितिमा रहेकाहरु पनि स्वार्थ मिल्न साथ एकै हुन्छन् । अहिले विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, एमालेका माधवकुमार नेपाल र जसपाको उपन्द्र यादवबीचको मिलन पनि त्यस्तै देखिन्छ ।हुन त उनीहरुले चुनावसँग मिलेर जाने कुरा पनि गरेका छन् ।
त्यसो गर्नु भन्दा एउटै भएक चुनाब लड्दा के फरक पर्ला? गठबन्धनले प्रधानमन्त्री ओलीलाई पदबाट हटाउनकै लागि मात्रै नबनेको दावी गरेका छन्।
विपक्षी गठबन्धनका नेताहरु अहिले राष्ट्रपति भन्दा राजा ठिक भन्न थालेका छन् ।
के अब राजासहितको लोकतन्त्रको दिशामा उनीहरु लागेका हुन् त? बलिदानी पूर्ण तबरले फालेको राजसंस्थालाई किन उनीहरु राष्ट्रपति भन्दा प्यारो मानिरहेका छन्? तिनै दलहरुले बनाएको कानूनको परिधिभित्र रहेको राष्ट्रपतिको किन भयो आलोचना?
दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त किटानै गरेर राष्ट्रपति विद्यादेवी भण्डारीकोभन्दा राजाहरूको इज्जत राम्रो भएको बताए।उनले भने, अहिले त राष्ट्रपतिकाे सान पनि छैन मान पनि छैन।इज्जत पनि छैन।
यस्तै, गठबन्धनकै अर्का नेता उपेन्द्र यादवले पनि राष्ट्रपतिको आलोचना गरेका छन् । प्रचण्डले ओलीको पनि चर्को आलोचना गरे। उनले ओलीलाई भिलेनको संज्ञा दिए। राजासहितको लोकतन्त्रको ओवकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्धासँग विपक्षी गठबन्धनको विचार मिल्न गएको छ । वास्तवमा दलहरुलाई राष्ट्रपतिकाे विषयमा ‘के सोचे मैले के भयो अहिले' भने झैं भएको छ ।