निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले १९ दिनकाे अवधिमा आफूले गरेका कामको विवरण सार्वजनिक गरेका छन् ।
१९ दिनकाे अवधिमा कोरोना नियन्त्रणमा इमान्दार प्रयत्न गरेको उल्लेख गर्दै उनले खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको बताए ।
तर,पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुन सक्ने पनि संकेत गरे । तामाङले सम्पूर्ण जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रियाको सुरुवात गरेको चर्चा गरे ।
उनले सबै सरकारी अस्पताललाई सुविधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रकृयाको आरम्भ गर्ने प्रयास भएको समेत उल्लेख गरे। सर्वाेच्चकाे मंगलबारकाे अादेशले उनीलगायत २० जनाकाे मन्त्रीपद बदर भएकाे थियाे ।