नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले संविधानको शक्ति स्मरण गराइदिएको टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको विस्तारित मन्त्रिपरिषद खारेज गर्ने अन्तरिम आदेशप्रति उनले सर्वोच्चको आदेशले संविधान मिच्ने प्रधानमन्त्री ओलीको प्रवृत्तिलाई निरूत्साहित गरेको बताए ।अन्तरिम आदेश स्वभाविक भएको उनकाे भनाइछ ।
प्रधानमन्त्रीले राजनीतिक शक्तिको अहंकार देखाउँदै आएकाे भन्दै राजनीतिक दलका नेताहरूले त्यसकाे आलाेचना गर्दै आएका थिए ।
सर्वाेच्चले प्रधानमन्त्रीले संविधान विपरित गरेका निर्णयहरूलाइ एकपछि अर्काे सच्चाउँदै आएकाे कानून व्यवसायीहरूकाे भनाइछ । केहीसमय अघि मात्रै नागरिक अध्यादेश पनि सर्वाेच्चले खारेज गरिदिएकाे थियाे । प्रधानमन्त्रीले जसपालाइ सत्ता सारथी बनाउन नागरिक अध्यादेश ल्याएका थिए ।सर्वोच्चको आदेशसँगै गत जेठ २१ र २७ मा मन्त्री भएकाहरू स्वत: पदमुक्त भएका छन्।