सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
अघिवक्ता अर्जुनराज गिरीसमेतले सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई गर्दै सर्वोच्चले ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको हो ।
मंगलबार उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज दिन ढिला भइरहेको भन्दै खोप व्यवस्था गर्न अन्तरिम आदेश दिएको थियो ।
विश्व स्वास्थ्य संगठनले कोभिशिल्ड खोपको पहिलो डोज लगाएको आठ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउन सकिने सिफारिस गरेको थियो । नेपालमा ६५ वर्षमाथिका करिब साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो मात्रा लगाएको १२ हप्ता नाघिसक्दा पनि दोस्रो डोज लगाउन पाएका छैनन् ।