कोरोना संक्रमण रोकथामका लागि भन्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्ब्याइएको छ ।
आइतबार काठमाडौं,भक्तपुर र ललितपुरका सिडियोको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।उपत्यकामा असार ८ गतेदेखि निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन हुने भएको छ ।सबै खालका निजी सवारी साधन जोरबिजोरबाट सञ्चालन हुनुपर्नेछ ।
बैठकले उद्योग व्यवसाय र दैनिक जीविकासँग जोडिएका क्षेत्रमा लागेको निषेधाज्ञा हटाइएको हो ।सबै किसिमका सरकारी कार्यालय न्यूनतम जनशक्ति राखेर खुला गरिने छ ।
यस्तै फेन्सी, सपिङ मललगायत तयारी पोसाक र अन्य व्यवसायका लागि बार अनुसार सञ्चालन गर्न दिइने भएको छ । उपत्यकामा कोरोना संक्रमण उल्लेख्य रुपमा नघटेको निष्कर्ष निकिल्दै जारी निषेधाज्ञालाई थप गरिएकाे हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागू हुनेछ । अहिलेको निषेधाज्ञा भोलि मध्यरातसम्म कायमै छ ।