भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भएको छ।
अहिले खनाललाई दिइएको अक्सिजन सपोर्टसमेत आजबाट हटाइएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए। उहाँसंँग भिडियो कलमा कुराकानी भएको र ज्वरो, टाउको दुख्ने समस्या र खोकी पनि हटिसकेको भट्टराईले बताए ।
नेता खनाललार्ई असार २ गते थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको थियो ।लगातार ज्वरो आएको र हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई जेठ ३१ गते थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार भए पनि नेता खनाल अझै केही समय उतै रहनेछन्।