नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोना संक्रमणबाट निधन भएको छ।
पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान बिष्टको निधन भएको हो।
गृहजिल्ला सुर्खेतमा कोरोना संक्रमण भएपछि बिष्टलाई थप उपचारका लागि जेठ २६गते हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। त्यसअघि उनको कर्णाली प्रदेश अस्पतालमा उपचार गरिएको थियो।
सुर्खेत कांग्रेसका पूर्ब सभापति बिष्ट २०७० को संविधानसभा चुनावमा सुर्खेत क्षेत्र नम्बर ३ बाट नर्वाचित भएका थिए। उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए।