काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच थप गरिने निषेधाज्ञाकाे नयाँ माेडालिटीबारेमा छलफलमा भएकाे छ । कोरोना संक्रमण नबढ्ने गरेर अत्यावश्यक क्षेत्र खुलाउने र अर्थतन्त्रलाई चलायमान बनाउने बारे सीडीओको छलफल केन्द्रित भएको बुझिएको छ ।नीजि सवारी साधनलाई जोर बिजोरको आधारमा संचालन हुन दिने बारे पनि छलफल भएकाे छ ।
तीन जिल्ला प्रशासनहरुले संक्रमणको स्थिति हेरेर निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी गरेका छन् । असार ८ गतेदेखि थपिने निषेधाज्ञा समयमा होलसेल, फेन्सी, भाँडा पसल लगायतलाई निश्चित समय दिएर खुलाउने तयारी भएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार केही क्षेत्र खुला गरेर उपत्यकाभित्र निषेधाज्ञालाई निरन्तरता दिइने बताए । तर निषेधाज्ञाको मोडालिटी फेरबदल हुन सक्ने उनको भनाइ थियो ।