नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।आफू निकटका केही नेताहरुसँगको छलफलमा सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र आफू फेरि पनि सभापतिमा लड्ने बताएका हुन् ।
पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको भन्दै उनले अब पार्टीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउनेतिर लाग्ने बताए ।आफ्नै कार्यकालमा तीन तहको चुनाव भएको र प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएको भए पनि कम जितेको भन्दै उनले आफूले सभापति उठेर जित्ने समेत दावी गरे । छलफलमा उनी निकट नेताहरुकाे सहभागिता रहेकाे थियाे ।
सभापति देउवाकाे याे घाेषणाले नेपाली कांग्रेसभित्र तरङ्ग उत्पन्न गराएकाे छ । यस पटक कांग्रेसमा सभापतिकाे उम्मेदवारका अाकांक्षी धेरै हुने देखिएकाे छ । उपसभापति विमलेन्द्र निधिले पनि सभापतिकाे लागि यस अघि नै अग्रसरता देखाइसकेका छन् ।