मुुख्य बिपक्षी दल नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई थप मजबुद बनाउँदै अगाडि बढाउने निर्णय गरेको छ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले लोकतन्त्र र संविधानको रक्षाका लागि बिपक्षी गठबन्धनलाई थप सशक्त बनाउने निर्णय गरेको हो। केपी ओली नेतृत्वको सरकार एकपछि अर्को गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई समाप्त पार्ने खेलमा लागेकोले त्यसका बिरुद्ध एकजुट हुनुपर्ने कांग्रेसको निष्कर्ष छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले हालै बसेको पदाधिकारी बैठकले तय गरे अनुसार १४औं महाधिवेशनको संशोधित कार्यतालिका पनि अनुमोदन गरेको छ। यो सँगै साउन १२ गते वडा अधिवेशन शुरु हुनेछ।