नेपाली कांग्रेस दैबि प्रकोप बिपत ब्यबस्थापन समितिका संयोजक मोहन बहादुर बस्नेतले हेलम्बु र मेलम्चीमा बाढीबाट क्षती भएको पुलको स्थानमा बेलिब्रिज राखेर आवतजावतलाई सहज बनाउनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार मेलम्चीमा बसेको जिल्ला बिपद् व्यवस्थापन समितिको बैठकमा बस्नेतले बाढीबाट पिडितलाई सहज बनाउनका लागि क्षती भएको पुलको स्थानमा बेलिब्रिज राखेर आवतजावतलाई सहज बनाउनुपर्ने बताएका हुन् ।
बाढीका कारण अहिले मेलम्चीको भूगोल नै क्षतबिक्षत भएको अवस्थामा तत्कालका लागि न्युनतम पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ । त्यस्तै बस्नेतले चनौटे बजारको रातोपुलको अवस्था दयनिय रहेकाले सो पुललाई आवतजावतका लागि मर्मत गर्नुपर्ने र मर्मत हुन नसके बेलिब्रिज राख्नुपर्ने सुझाव दिए ।
मेलम्चीसम्म पुग्ने सडकमागको कतिपय स्थान भासिने खतरा रहेकाले सतर्कता अपनाउनुपर्ने र हेलम्बु जोड्ने सडक सुचारु गर्नुपर्ने अवस्था देखिएको बस्नेतले बताए । उनले सडकबाट सम्भव नभएका स्थानका प्रभावित नागरिकका लागी टेन्ट खाधान्न लताकपडा छिटो भन्दा छिटो उपलव्ध गराउनुपर्ने आवश्यकता देखिएको जिकिर गरे ।
त्यस्तै बाढीपछि मेलम्चीमा रगत अभाव हुन सक्ने भएकाले रगत संकलन गरि राख्नका लागि तत्काल फ्रिजको व्यस्थापन गरिने उनले बताए । त्यसअघि शुक्रबार नै बस्नेतले बाढीका कारण श्रीमान गुमाएका एक परिवारलाई आर्थिक सहयोग गरेका थिए ।