सरकारले साउनदेखि लगाउने गरी ४० लाख काेराेनाविरूद्धकाे खाेप किन्ने भएकाे छ ।कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काेराना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्दै ४० लाखडोज खोप ल्याउन गृहकार्य भइ रहेको बताएका हुन् । चीन,भारत लगायत अन्य देशसँग पहल प्रयत्न भइरहेकोले खोपको अभाव क्रमशःहलहुँदै जाने पनि बताए ।
बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ । अबको साताजारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निश्कर्ष समितिले निकालेको हो ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइगर्दै लकडाउनलाई संक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताए ।कोराेनाकाे नियन्त्रण कुनै एक निकायकको मात्र जिम्मेवारी नभएको बताउँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायले समन्वयात्मकढंगले कामगर्न पनि निर्देशन दिए ।
यस्तै बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालनगर्ने निर्णय गरेको छ । यि देशहरुबाट सातामा दुई हजार जनायात्रु भन्दा नबढने गरी हवाई उडान सञ्चालनहुने छन् ।
बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारकालागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिनबस्नुपर्ने क्वारेन्टाइनकालागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ । बैठकले सिसिएमसी केन्द्रको प्रशासनिककार्यकालागि बजेट व्यवस्थागर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यकउद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ ।
यसैगरी गैर आवासीय नेपालीहरु बाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानीभाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।