नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीले पार्टी एकताको लागि गरेको अपीलले एमालेमा हलचल मच्चाएको छ । पार्टी एकताको साटो फुटको दिशामा अघि बढिरहेको अवस्थामा वरिष्ठ नेता खनालको वक्तव्यले अध्यक्ष केपी शर्मा ओली पक्षले खुशीको क्षणको रुपमा लिएको छ भने नेता माधवकुमार नेपालपक्षले भने यसलाई ओलीको डिजाइन र षडयन्त्र भनेका छन् ।
पार्टीलाई यहाँसम्म ल्याउनका लागि लामो संघर्ष र त्याग गरेका एक जना नेताले पार्टी एकताको लागि अपील गर्दा किन सकैले हर्षबढाइँ र कसैले शंकाको रुपमा लिए? पार्टी एकताको कुरा गर्दा पनि शंका मान्नुपर्छ र ?उनी थप उपचारका लागि भारत जानु भन्दा ठीक केहीसमय अगाडि एकताका लागि अपील गरेका हुन् ।त्यसअघि अस्पतालमा उनलाई भेट्न महासचिव इश्वर पोखरेल पुगेका थिए ।
त्यहाँ पनि पार्टी एकताकै पक्षमा कुरा भएको र पार्टीलाई फुट्न नदिन भूमिका खेल्न आग्रह गरिएको खबरहरु बाहिर आएका थिए । पार्टी फुटाउनु पर्छ र कुनै पनि हालतमा ओलीसँग झुकेर जानु हुँदैन भन्ने नेपाल पक्षका केही नेताहरुले खनालको हस्ताक्षर दुरुपयोग भएको भनेका छन् । बिरामी भएको अवस्थामा कसरी उनले बक्तव्य निकाल्न सक्छन् भन्ने नेपाल पक्षहरुको प्रश्न छ ।
उनीहरु वक्तव्यमा उल्लेखित विचार र खनालको विचारसँग मेल खाँदैन भन्छन् । केहीसमय अगाडि प्रधानमन्त्रीले यसैगरी एकताका लागि गरेकाे अाब्हानलाइ पनि नेपाल पक्षले अाशंकाकाे रूपमा लिएका थिए ।
कार्यकर्तालाई दिग्भ्रमित पार्नै खोजिएको हो त?वक्तव्यको मस्यौदा भीम आचार्यले गरेको भनिए पनि खनाललाई पढेर सुनाइएको थियो ।आचार्य भन्छन ‘उहाँको वक्तव्य उहाँ आफैंले तयार पार्नुभएको हो। एमालेका दोस्रो पुस्ताका नेताहरुले पार्टी एकताको लागि जोड गरिरहेको बेलामा नेता खनालेको वक्तव्यले थप मद्दत गर्ने अनुमान गरिएको छ । ओलीको कार्यशैली र नेता नेपालको व्यवहारमा परिवर्तन नहुने हो भने एकता त्यति सजिलो छैन ।दुइपक्षका नेताहरू मध्ये एकताकाे बाधक काे हाे भन्ने पहिचान समयले नै गर्नेछ ।