गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त गर्न ३० मत आवश्यक पर्नेछ।संविधानको धारा १ सय ६८ को ५ बमोजिम गण्डकी प्रदेश प्रमुख सीता पौडेलले २९ जेठमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
६० सदस्यीय प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको पद सर्वोच्च अदालतले खारेज गरेसँगै यतिबेला प्रदेशसभा सदस्यको संख्या ५९ रहेको छ । विश्वासको मत लिन एक महिना समय भए पनि उनले मन्त्रालय बाँडफाँटअघि नै विश्वासको मत लिन खाेजेका हुन्।
मुख्यमन्त्रीमा नियुक्त हुन पोखरेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन जुटाएका थिए ।