पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् । थप उपचारका लागि भारत जान लागेका नेता खनाललाई भेट्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेका महासचिव पोखरेललाई सो आग्रह गरेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
एमालेभित्रको आन्तरिक विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय निकास निस्किसकेको छैन । विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको व्यक्तिगत टकराबले गर्दा कुरा मिल्न सकिरहेको छैन । उनीहरुमा भएको इगोल पार्टी एकतामा समास्या देखिएको नेताहरुले बताएका छन् । नेता नेपालकाे पक्षमा भए पनि नेता खनाल सुरूदेखि नै पार्टीलाइ फुट्न दिनुहुँदैन भन्ने पक्षमा अडिग छन् ।
केही दिनदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिएको छ ।स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकको सल्लाह अनुसार उनलाई दिल्लीस्थिति एपोलो अस्पताल लगिएको हो । केही समय अगाडि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो ।
नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि गत जेठ ३१ गतेदेखि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।