पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ ।
स्वास्थ्यमा सुधार हुन नसकेपछि उपचारमा संलग्न चिकित्सकको सुझावअनुसार थप उपचारका लागि आज दिउँसो साढे १२बजे भारतको दिल्ली लैजान लागिएकाे हाे । खनालको उपचार दिल्लीस्थित एपोलो अस्पतालमा हुने उनको सचिवालयले जनाएको छ । यसअघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो ।खनालसँग एकजना चिकित्सक, श्रीमती र छोरा दिल्ली जाने तयारी भएकोछ ।
ज्वरोसँगै रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। श्वास प्रश्वासमा समस्या भएपछि अक्सिनको सहयोगमा उपचार भइरहेको छ । खनाल यसअघि कोरोनाका कारण नर्भिक भर्ना भएका थिए ।