बिपक्षी गठबन्धनका नेतासमेत रहेका तीनजना पूर्बप्रधानमन्त्रीले अदालतमा बिचाराधिन मुद्धालाई प्रभाबित नपार्न सरकारको ध्यानाकर्षण गराएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपालबीच कोटेश्वरमा सोमबार भएको छलफलमा सरकारको ध्यानाकर्षण गराइएको हो।
उनीहरुबीच अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न सरकारबाट भएका प्रयासबारे छलफल भएको थियो। राज्यका कतिपय अंग र केही संवैधानिक निकायहरूको भूमिका निष्पक्षता हुन नसकेको बारे पनि कुराकानी भएको थियो।
बर्तमान गठबन्धनमा एकले अर्कोलाई उपयोग गर्ने नभई राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षाका लागि भएको तीनै नेताको बुझाइ छ। उनीहरुले आपसी सम्बन्ध, एक आपसमा अविश्वास गराउने कुराबाट सजग रहने प्रतिवद्धता पनि गरेका छन्।
कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, तत्काल सबैलाई पुग्नेगरी कोभिडविरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज कार्यक्रम ल्याउन उनीहरूले सरकारसँग माग गरेका छन्।