सर्वोच्च अदालतले जनमोर्चाकाे गण्डकी प्रदेशका सांसद कृष्ण थापाको सांसद पद खारेज गरेको छ ।सर्वोच्च अदालतले सांसद थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेसँगै उनको सांसद पद खारेज भएको हो ।
न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि जारी गरेको अन्तरिम खारेज गरेको हो ।थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेशसभा सभामुख नेत्रराज अधिकारी, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग-अलग पुनरावलोकनको निवेद दर्ता गरिएको थियो ।